४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


‘जेएनयू’ विश्वविद्यालयभित्र कसरी घुसे नकावधारी ?


0
Shares

एजेन्सी । भारतको नयाँदिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा हिंसा भएको छ । यो हिंसामा जेएनयू छात्र संघका अध्यक्षमाथि हमला भएको छ । यो हमला जेनयू क्याम्पस भित्र भएको हो ।

अनुहारमा नकाव लगाएका नकावधारीहले आइतबार साँझ होस्टलमा गएर विद्यार्थीमाथि आक्रमण गरेका थिए । त्यहाँ रहेका प्रत्यक्षदर्शीले भनेका छन्, ‘जेनयू क्याम्पसमा ५० भन्दा बढी नकावधारी घुसेका थिए ।

जसले हातमा लटठी र रड लिएका थिए र आफ्नो मुख कपडाले बाँधेका थिए ।’ उनीहरुले क्याम्पसभित्र छिरेर अन्धाधुन्ध विद्यार्थीहरुमाथि लाडी वर्षाएका थिए । यो हमलामा कयौ विद्यार्थीहरु घाइते भएका छन् ।

१८ घाइते विद्याथीको एम्स ट्रमा सेन्टरमा उपचार भइरहेको छ । जेनयू क्याम्पस बाहिर धेरै पुलिस परिचालन गरिएको छ । विद्यार्थी र शिक्षकहरुले दिल्ली पुलिस मुख्यालयमा यस घटनालाई लिएर विरोध प्रदर्शन सुरु गरेका छन् ।

उनीहरुले घाइते विद्यार्थीहरुलाई तत्काल सहयोग उपलब्ध गरार्ई दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । साथै जेएनयू विश्वविद्यालयको सुरक्षाको माग पनि गरेका छन् । यस घटनामा जेनयु प्रशासनले दुख व्यक्त गरेको छ ।

यस घटनाको भारतमा सबैतिर विरोध भइरहेको छ । 

कसरी भयो घटना 

जेएनयू विश्वविद्यालयका रजिस्टारका अनुसार जनवरी एक देखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएको थियो । विद्यार्थीहरुको रजिस्ट्रेशन भइरहेको थियो ।

जनवरी तीनमा रजिस्ट्रेशनको विरोध गर्दै एकहुल विद्यार्थी आए र इन्टरनेट बन्द गरिदिएर गए । उनीहरुको पहिचान भएपछि पुलिसलाइ रिपोर्ट गरिएको थियो ।

यसपछि जनवरी चारमा फेरि रजिस्ट्रेशन सुरु भयो । यस बेला विद्यार्थीहरुले इन्टरनेटका साथसाथै बिजुली नै बन्द गरिदिए । जेनयु प्रशासनले भनेको छ, ‘जनवरी पाँचमा रजिस्ट्रेशन गरिसकेका विद्यार्थी स्कूल गइरहेका थिए तर स्कूल जान उनीहरुलाई अर्को विद्यार्थी समूहले रोक्यो ।

जनवरी पाँचमा स्कूलको साथसाथ होस्टलमा रजिस्ट्रेशन गर्ने र नगर्ने विद्यार्थीबीच भनाभन भएको थियो । प्रशासनका अनुसार आइतबार साँझ ४.३० बजे रजिस्ट्रेशन प्रक्रियाको विरोध गर्ने विद्यार्थीहरुले रजिस्ट्रेशन गर्ने विद्यार्थीलाई पिटेका थिए ।

यसको केही समयपछि नकावधारी होस्टलमा पसेल लठ्ठी र रडले विधार्थीमाथि हमला गरेका थिए । 

कसले गर्यो घटना 

जेएनयू छात्र संघका पुर्व अध्यक्ष मोहित कुमार पांडेले फेसबुकमा स्टाटस लेख्दै यो हमला भारतीय जनता पार्टीका ईकाइ अखिल भारतीय विद्यार्थी परिषदले ( एबीवीपी)  गरेको भनेर आरोप लगाएका छन् ।

जेएनयू छात्र संघले नी यस हमलाको पछाडि एबीवीपी का गुण्डाको हात रहेको आरोप लगाएको छ । अखिल भारतीय विद्यार्थी परिषदले प्रेस विज्ञप्ति निकाल्दै यो घटनामा कम्युनिष्ट विचारधारा राख्ने संगठनको हात रहेको दावा गरेका छ ।

दिल्ली पुलिसले भने दुई विद्यार्थी संगठनबीच भएको तनावका कारण यो घटना भएको बताएको छ ।