विश्वकप टी ट्वेन्टी क्रिकेट: श्रीलंका र आयरल्याण्ड विजयी « Image Khabar


विश्वकप टी ट्वेन्टी क्रिकेट: श्रीलंका र आयरल्याण्ड विजयी



एजेन्सी । विश्वकप टी ट्वेन्टी क्रिकेटको क्वालिफायर राउण्डमा श्रीलंका र आयरल्याण्डले विजयी सुरुवात गरेका छन् ।

युएईको आबुधाबीमा गएराति भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित ग¥यो ।

नामिबियाले दिएको ६७ रनको सामान्य लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए

। खेलमा पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियालाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्शानाले ३ विकेट लिए ।

हिजै भएको पहिलो खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ७ विकेटले पराजित ग¥यो ।

युएईको आबुधाबीमा नेदरल्यान्ड्सले दिएको १ सय ७ रनको लक्ष्य आयरल्याण्डले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि ग्यारेथ डेनिलीले ४४ रन बनाए ।

विश्वकप टी–ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज पपुवा न्युगिनीले स्कटल्याण्डसँग खेल्दा ओमानले बंगलादेशको सामना गर्नेछ ।