Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


बागमतीलगायतका तीन प्रदेशकाे केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने


0
Shares

काठमाडौं । भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा आंशिक बदली भएपनि देशका अन्य भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं उपत्यकामा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ ।