नेपाली फुटबल टिमले माल्दिभ्समा मनायो दशैं « Image Khabar


नेपाली फुटबल टिमले माल्दिभ्समा मनायो दशैं



काठमाडौं, असोज २९ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैंं मनाएको छ ।

मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका हुन ।

नेपाली फुटबल टिमले दशैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको छ ।

उपाधिको लागि नेपालले भोलि भारतसँग खेल्दैछ ।