काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल शिक्षक संघ मुस्ताङले लोमङ्थाङ गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका घुम्ती विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको छ ।
अत्याधिक जाडो बढेर विद्यार्थीलाई पठन पाठनमा समस्या भइरहेका बेला थोरै भएपनि राहत मिलोस भन्ने उदेश्यले सामाजिक अभियन्ता विकल शेरचनले संकलन गरेको रकमबार ज्याकेट वितरण गरिएको हो ।
प्रमुख अतिथिका रुपमा मुस्ताङ पुगेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता डुजाङ शेर्पाले विद्यार्थीहरुलाई ज्याकेट हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता शेर्पाले मानवीय भावना अनुरुप शिक्षक–विद्यार्थीहरुको पीडालाई मध्यनजर गर्दै यस्तो पुण्य कार्य गर्ने ब्यक्तिहरुलाई धन्यवाद ब्यक्त गरे ।
छोन्हुप झीन्जु आधारभूत घुम्ती विद्यालयका एकसय बढी विद्यार्थी तथा शिक्षकहरुलाई न्यानो ज्याकेट वितरण कार्यक्रममा नेविसंघ मुस्ताङका सभापति असीम शेरचन, नेविसंघ स्याङजा सभापति अजित छेत्री, तरुण दल मुस्ताङ जिल्ला सचिब अभिनाष गौचनलगायतको उपस्थिति थियो ।










प्रतिक्रिया दिनुहोस्