Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


साफ च्याम्पियनसिपकाे फाइनल पुगेकाेमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई डा. शेखरले दिए बधाई


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साफ फुटवल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा खेलाडी एवं प्रशिक्षकलाई बधाई दिनु भएको छ ।

कोइरालाले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाली फुटवल टोली पहिलोपटक साफ फुटवल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा खेलाडी एवं प्रशिक्षकलाई बधाई तथा शुभकामना दिनु भएको हो ।

डा. कोइराला लेख्नुहुन्छ ‘माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाली फुटवल टोली पहिलोपटक साफ फुटवल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा सम्पुर्ण खेलाडी एवं प्रशिक्षकलाई बधाई तथा शुभकामना।’