 
	    बाँके, पुस १८ । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । शुक्रबार (आज) बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् ।
चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घाइते भएका हुन् ।
चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्