२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


अनअराईभल भिसा खुला हुँदा बढ्यो पर्यटकको आगमन


0
Shares

काठमाडौं, असोज २४ । सरकारले आवागमनमा अनअराईभल भिसा खुला गरेसँगै पर्यटकको आवागमन बढ्न थालेको छ

काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलका होटलमा पर्यटक भरिभराउ हुन थालेका छन् । पदयात्रा र हिमाल आरोहणका लागि विदेशी नेपाल आउने क्रम बढेको नेपाल पर्यटन विभागकोे तथ्याकं छ ।

कोरोनाको संक्रमण कम भएसँगै तारे होटलमा समेत पर्यटकको आवागमन बाक्लिन थालेको व्यवसायीहरु बताउँछन् । खोप लगाएका पर्यटकको आवागमन निर्वाध गरिएपछि बुकिङ र आवागमन ३० प्रतिशत बढेको जनाइएको छ । सरकारले अनअराईभल भिसा खोल्नुअघि सम्म ५ हजार ९ सय १८ पर्यटक भित्रिएकोमा हाल त्यो संख्या बढेर ९ हजार ८ सय ९८ पुगेको तथ्यांक छ ।

अनअराईभल भिसा खोलेपछि सेप्टेम्बर अन्तिम सातामात्रै १० हजार पर्यटक भित्रिएका छन् । अक्टोबरमा ५० हजार बढी पर्यटक भित्रिने बोर्डका प्रवक्ता मणि लामिछाने बताउनुहुन्छ ।

काठमाडौंका तारे होटलमा पछिल्लो समय भारतीय र पश्चिमा मुलुकबाट पर्वतारोहण गर्न आउने पर्यटकको आवागमन क्रमिक बढ्दै आएको छ । पछिल्लो समय पर्वतारोहण र धार्मिक पर्यटनका लागि पश्चिमा र भारतीय पर्यटक भित्रिने क्रम बढेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

पछिल्लो समय पर्यटक आवागमनमा सुधार भएसंगै सन् २०२३ भित्र पुरानै अवस्थामा आउने व्यवसायीहरुको विश्वास छ ।