१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


इजिप्टका चार नागरिकलाई नेपालबाट निष्कासन, यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय


0
Shares

काठमाडौं, पुस १७ । सरकारले सांस्कृतिक संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ ।

सांस्कृतिक संस्थानकै रिक्त महाप्रबन्धक पदमा ताप्लेजुङका अशोककुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बिहीबार सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सन्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सो मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १४ ओटा निर्णयहरुबारे जानकारी दिए ।

जसअनुसार गैरकानुनीरुपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका चारजना इजिप्टका नागरिकहरुलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

यस्तै, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा जगतबहादुर कार्कीलगायत १३ जनालाई आर्थिक सहायता/क्षतिपूर्तिवापत् १२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।

चीन सरकारको सहयोगमा सन्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी–महाराजगन्ज–धोबीखोला खन्डको सडकसीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले ‘उपभोक्ता संरक्षण नियमावली, २०७६’, ‘प्रदेश तथा स्थानीय तहमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन मापदण्ड, २०७६’, ‘एक स्वास्थ्य रणनीति, २०७६’, ‘एकीकृत कानुनी सहायता नीति, २०७६’लगायत स्वीकृतसहितका विभिन्न १४ ओटा निर्णयहरु गरेको हो ।

पुस १४ को मन्त्रिपरिषद् बैठकका १४ निर्णय