Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


१४ औं महाधिवेशनमा सभापतिमा लड्ने महामन्त्री डा.कोइरालाको घोषणा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका गर्नु भएको छ । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफुले कांग्रेस केन्द्रिय सभापतिमा लड्ने घोषणा गर्नु भएको हो ।

कोइरालाले सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी समेत गर्नु भएको छ । साथै उहाँले युवाहरूलाई कृषिमा आकर्षण बढाई आधुनिक ढङ्गले कृषि क्रान्ति गर्न पहल गर्ने बताउनुभयो । उहाँले मेलम्चीमा गएको बाढीपहिरोको ध्यानाकर्षण भएको र सरकार र पार्टीलाई यस ठाउँमा राहतका साथै छिट्टै पुल बनाउन दबाव दिने प्रतिवद्धता जनाउनु भएको छ ।

त्यस्तै, जिल्ला सभापति विकास लामाले शुभकामना दिँदै ९९ वडामा सम्पन्न भैसकेको र बाँकी ४ वटा वडामा दशैंलगत्तै अधिवेशन गर्ने जानकारी दिनुभयो । सभापति लामाले केन्द्रीय सदस्य मोहन बस्नेतलाई लक्षित गर्दै समायोजनको निर्देशिकालाई बस्नेतले लत्याएको र समायोजनमा बस्नेतकै कारण लफडा भएको तर्क गर्नुभयो ।

लामाले राहत बाँड्ने नाममा बस्नेतले गाली गर्दै हिँडेको आरोपसमेत लगाउनुभयो । ‘विशेष प्याकेज राहत दिन होइन हामीलाई गाली गर्न रहेछ,’ लामाले भन्नुभयाे, ‘संगठन बनाउनेलाई गाली गर्दै हिड्ने आफु चाही केही नगर्ने ?’

शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम क्षेत्रीय सभापति आइतमान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने नेविसंघका क्षेत्रीय अध्यक्ष दिपेशराज खनाल ले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रदेश संसद निमा लामा ,प्रदेशसभा का उम्मेदवार बिकास तामाङ ,गाउँपालिका राष्ट्रिय महासङघका महासचिव एवम् इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ पुर्वसभापती भुपेन्द्र थापा,उपसभापति शिव सुनार,सचिब बिल बहादुर तामाङ ,महासमिति सदस्य गङ्गा चापागाईं महाधिवेशन प्रतिनिधि महिला नेतृ जमुना मोक्तान लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।