३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चितवनमा नेपालकै पहिलो औद्योगिक पाठशाला


0
Shares

भरक्तपुर, असोज २१ । चितवनमा औद्योगिक पाठशालाको स्थापना गरिएको छ ।

भरतपुर महानगरपालिकाको विशेष सहयोगमा उद्योग संघ चितवनमा उक्त पाठशालाको निर्माण गरिएको हो ।

यो अभ्यास नेपालमै पहिलो भएको अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । चितवनमा अहिले साना ठूला १२ सय बढी उद्योग रहेका छन् ।

औद्योगिक पाठशाला स्थापनाले सिपयुक्त नयाँ उद्योगी उत्पादन गर्ने र चलिरहेका उद्योगको गुणस्तरमा बृद्धि हुने बताइएको छ ।

पाठशालाको आज भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको थियो । पाठशालाले औपचारिक पाठ्यक्रममा आधारित नभई अनुभवको आधारमा सिकाइको आदान प्रदान गर्ने जनाइएको छ ।