२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


पोखरा राइनोज ईपीएल क्रिकेटको फाइनलमा


0
Shares

काठमाडौं । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टमाथि ७ विकेटको रोमाञ्चक जित निकाल्दै पोखरा फाइनलमा पुगेको हो । खेलमा १ सय २० रनको चुनौती पोखराले १८ ओभर २ बलमै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

पोखराका लागि शहनले ४४ बलमा अविजित रहँदै ५३ रन बनाए भने बिपिन रावलले ३४ बलमा अविजित रहँदै ४० रन जोडे । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनायो । कप्तान शरद भेषावाकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए । इनिङ्सलाई कम योगफलमै रोक्नन अलराउन्डर शहन र किशोर महतोले समान २ विकेट लिए ।

अब पोखराले उपाधिका लागि फाइनलमा शनिबार चितवन टाइगर्ससँग खेल्नेछ । यसअघि बुधबार भएको पहिलो क्वालिफायरमा चितवनले पोखरालाई पराजित गर्दैै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।