२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


पाकिस्तान एकाबिहानै शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु


0
Shares

एजेनसी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा गएको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । आज एकाबिहानै गएकाले मृतक संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

क्वेटा शहरमा मानिसहरु भागाभाग गरेको दृष्य सामाजिक सञ्जालमा आएका छन् । प्रारम्भिक रिपोर्टमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको अनुमान गरिएको छ ।

क्वेटा शहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । भूकम्पबाट भएको क्षति विस्तृत विवरण आउन बाँकी छ ।