३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सत्तारुढ नेकपाले प्रदेशको अधिकार ‘अपहरण’ गर्‍यो : कांग्रेस


0
Shares

काठमाडौं, पुस १५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको अधिकार ‘अपहरण’ गरेको आरोप लगाएको छ ।

मंगलबार ललितपुमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रदेश नम्बर–३ को नाम र राजधानी तोक्ने निर्णय नेकपाको सचिवालयले गरेकोप्रति आपत्ति जनाएको हो ।

सरकारले बहुदलीय पञ्चायती व्यवस्थाको अभ्यास गरिरहेको आरोप लगाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्वतन्त्र ढंगले निर्णय लिन प्रदेशसभामा रहेका राजनीतिक दल एवं सांसदहरुलाई अपिल गरे ।

कांग्रेसले नागरिक स्वतन्त्रताका लागि संसददेखि सडकसम्म संघर्ष गर्ने पनि उनले बताए ।

कांग्रेसले उखु किसानलाई रकम भुक्तानी दिन, नेपाल ट्रस्टको जग्गा विवादका विषयमा छानबिन र कारबाही गर्न तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबैलाई अपिलसमेत गरेको छ ।