
सप्तरी, पुस १५ । सप्तरीको राजविराजमा एक सातादेखि फोहोर व्यवस्थापन हुन नसक्दा युवाहरुले नगरपालिकालाई डम्पीङ साइटको रुपमा परिणत गरिदिने चेतावनी दिएका छन् ।
राजविराज बजारमा फोहोरले बजार नै दुर्गन्धित बनेपछि युवाहरु आक्रोशित बन्दै नगरपालिकालाई यस्तो चेतावनी दिएका हुन् । युवाहरुले मंगलबार बजारमा थुपारिएका फोहोर संकलन गरेर नगरपालिका कार्यालयको मुख्य गेटमा थुपारेका हुन् ।
यता, नगरपालिकाकी उपप्रमुख साधना झाले भ्रमण वर्ष २०२० लाई लक्षित गरी चौतर्फी सरसफाईको कार्यक्रमलाई तिव्रता दिएको दाबी गरे ।
उनले कुनै स्थानमा फोहोर भए सफा गर्न लगाउने बताए ।
प्रतिक्रिया दिनुहोस्