१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


गठबन्धन कि एमसीसी ?


0
Shares

काठमाडौं । सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायम राख्ने भन्न्े दुवधिा उत्पन्न् भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन् ।

यसकै लागि प्रधानमन्त्री देउवा ‘संसद् अधिवेशन अन्त्य गर्न नमानेको गठबन्धनकै नेता बताउँछन् । ‘अहिलेकै अवस्थामा एमसीसी राष्ट्रहितमा छैन । संशोधन र राष्ट्रिय सहमति कायम नगरी यसलाई संसद्मा लैजानु हुँदैनु,’ नेता पोखरेल भन्छन्, ‘प्रधानमन्त्रीले सोझै लैजानुभयो भने त्यसले गठबन्धनलाई प्रभाव पार्नेछ ।’

सरकारले अढाई महिना पुग्न लाग्दा पनि पूर्णता नपाउनुमा गठबन्धनबीच दलगत स्वार्थ मात्र नभई एमसीसी विवाद पनि मुख्य कारक देखिएको छ । यहा कारण सत्ता गठबन्धनमा संशय पैदा भएको छ । सत्तासमीकरण परिर्वतन हुन सक्ने चर्चासमेत चल्न थालेको छ । प्रधानमन्त्री देउवाले भने गठबन्धनभित्र सहमति नजुटेकै बेला विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलाीलाई फकाइरहेका छन् ।

देउवाका दूत बनेर सरकारुका प्रवक्ता एवं कानुमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीनपटक ओलीलाई भेटिसकेका छन् । कार्कीले भदौ १५, ३१ र असोज १२ गते ओलीलाई उनकै निवास बालकोटमा भेट गरेका हुन् । ओली सरकारमा रहँदा पनि देउवाले एमसीसी पारित गराउन दबाब दिएका थिए ।

यही विषयमा देउवा र ओली एक हुन सक्ने सम्भावना पनि ओलीले पनि एमसीसीबारे सत्ता गठबन्धन ‘क्लियर’ हुनुपर्ने बताउँदै आएका छन् । गठबन्धनको धारणापछि मात्र आफ्नो पार्टीले त्यसबारे निर्णय गर्ने ओलीले सार्वजनिक गरिसकेका छन् । उनले यसबारे पहिलो विधान महाधिवेशनमा पनि कुरा राखेनन् ।

अन्नपूर्ण