
काठमाडौं । भ्रष्टाचारको आरोप लागेका गाडी निर्माता कम्पनी निसानका पूर्व प्रमुख कार्लोस गोन्स जापान छोडेर लेबनान पुगेका छन् ।
भ्रष्टाचारको आरोपमा मुदा खेपिरहेका कार्लोस पछिल्लो समय बेरुत पुगेको अन्तर्राष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।
आर्थिक अनियमितताको आरोपमा कार्लोस सन् २०१८ मा पक्राउ गरेका थिए । उनीमाथि भ्रष्टाचार तथा आर्थिक अपचलनका विभिन्न आरोप लगाइएको छ ।
आफूमाथि लागेको आरोपको सुनुनवाइ हुने क्रममा रहेका कार्लोस अप्रत्यासित रुपमा लेबनान पुगेका हुन् ।
अधिकारीहरुले उनी लेबनान पुगेको पुष्टि गरेपनि कसरी जापान छोडे भन्नेबारेमा केही उल्लेख नगरेको समाचारमा जनाइएको छ ।
अदालतमा मुद्धा प्रक्रिया जारी रहेका बेला कार्लोस लेबनान जानका लागि जापान सरकारले अनुमति दिएको हो वा उनी आफैं भोगको भन्ने बारे केही खुलेको छैन ।
यसअघि अदालती प्रक्रियामा उनलाई जमानतामा रिहा गर्न न्यायाधीशहरुले अस्वीकार गरेका समाचारहरु बाहिरिएका थिए ।
तर देशबाटै पलायन भएको खबर आएसँगै कार्लोसको मुद्धा पेचिलो बन्दै गएको छ ।
कार्लोसले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफूले गलत काम नगरेको बताउँदै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्