४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


पुलिस सेमिफाइनलमा


0
Shares

धनकुटा, पुस १४ । नेपाल पुलिस क्लब धनकुटामा जारी सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार समूह चरणको तेस्रो खेलमा बसाह राइजिङ युथ क्लब उदयपुरलाई ५–० ले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।

खेलको पहिलो हाफमा एक गोलले अग्रता लिएको पुलिसले दोस्रो हाफमा ४ गोल थपेको थियो ।

पुलिसका लागि निशा सुनुवारले ‘ह्याट्रिक’ गरिन् । त्यस्तै, रन्जिता गुरुङ र अमृता जैसीले समान एक/एक गोल गरे ।

निशा खेलको ‘वुमन अफ दी म्याच’ घोषित भइन् ।

प्रतियोगिताअन्तर्गत् मंगलबारको खेलमा आयोजक धनकुटा फुटबल क्लबले रौतहट फुटबल क्लबसित खेल्नेछ ।