Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को प्रथम विधान महाधिवेशनलाई व्यवस्थित गर्न पाँच कमिटी गठन गरिएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको सो महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको छ।

त्यसरी गठन गरिएका कमिटीहरुमध्ये अध्यक्ष मण्डल कमिटीको अध्यक्षमा केपी शर्मा ओली रहेका छन् भने सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन्।

त्यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी, सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा शिवमाया तुम्बाहाम्फे रहेकी छन्।

नागरिक