विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकबाट सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा निर्णय गरेर गलत गरेको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियन मोरङले आज कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टीको परम्परालाई तोड्दै सभापति देउवाले बहुमतीय प्रक्रियामा गएर गलत परीपाटी बसालेको बताएका हुन् ।
सभापतिको यो निर्णयले पार्टीको हित गर्दैन उनले भने, ‘यसले नेताहरुबीचको दूरी झन बढाएको छ ।’
नेता कोइरालाले आपसमा छलफल गरेर केही समयपछि सभापतिको उमेदवार घोषणा गर्ने पनि बताए ।
कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार एकल कम्युनिस्ट शासनतर्फ जान लागेको पनि दाबी गरे ।
३ नम्बर प्रदेशको राजधानी र नाम नेकपाको सचिवालय बैठकले टुंग्याउनु सरकार एकल कम्युनिस्ट शासन प्रणालीतर्फ जान लागेको झल्को देखिएको उनको भनाइ थियो ।
डा कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्नेमा जोड दिए । पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै डा शेखरले महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्