पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड विभाजन गरे– केपी ओली « Image Khabar


पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड विभाजन गरे– केपी ओली


0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन गरेको आरोप लगाउनुभएको छ ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै अध्यक्ष ओलीले ‘सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने’ प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताउनुभयो ।

अध्यक्ष ओलीले माधवकुमार नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ,’ उहाँले भन्नुभयो, ‘यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहिन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’