Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


बैंक अफ काठमाण्डूका कार्डवाहकलाई २० प्रतिशतसम्म क्यासव्याक


0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्डवाहकले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म क्यासव्याक पाउने भएका छन् ।

दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डवाहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगदफिर्ता पाउन सक्नुहुनेछ ।

यस अफरबाट कार्डवाकले आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म क्यासव्याक पाउनेछन् ।

बैंकले ९० शाखा कार्यालय, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

Skip This