२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


आज विश्व मुटु दिवस, विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदै


0
Shares

काठमाडौं । आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईदै छ । ‘मन लगाऊ, सम्पर्क बढाऊ, मुटु बचाऊ’ भन्ने नारासहित मुटु दिवस मनाइँदै छ ।

पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामुलक कार्यक्रमहरु गरिंदैछ ।

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

विश्व मुटु महासंघका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धि रोगबाट मृत्यु हुने गरेको छ । सबै भन्दा बढी मानिसको मृत्युको कारक पनि मुटुरोग हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल जस्ता अल्पविकसित देशहरुमा एक तिहाइ बढी मृत्युको कारक मुटुरोग हुने गरेको छ ।