१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


आफूले हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी


0
Shares

एजेन्सी । उत्तर कोरियाले हिजो गरेको मिसाइल प्रक्षेपण हाइपरसोनिक मिसाइलको परीक्षण भएको बताएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले ह्वासङ–८ नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको हो ।

विगत पाँच वर्षमा गरिएको हतियार परीक्षणमा यो निकै महत्वपूर्ण भएको दाबी पनि उत्तर कोरियाले गरेको छ ।

गत जनवरीमै उत्तरकोरियाली नेता किम ऊन सुङले हाइपरसोनिक मिसाइलका लागि वैज्ञानिकहरुले काम गरिरहेको जनाउ दिएका थिए ।

सुरक्षा इष्टकोस्टस्थित समुद्रमा छोटो दुरीको मिसाइल प्रक्षेपण गरेको दाबी दक्षिण कोरियाले गरेको छ । उत्तर कोरियाले हिजो विहान जापानी समुद्रमा मिसाइल प्रक्षेपण गरेको थियो । दक्षिण कोरियाले नयाँ पनडुब्नीको उद्घाट्न गर्नु केही घण्टा अघि उक्त प्रक्षेपण गरिएको थियो ।

उता, अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले उत्तर कोरियाले प्रतिबन्धित मिसाइल प्रक्षेपण गरेको विषयलाई नजिकबाट नियालेको भन्दै तत्काल अमेरिका र उसका सहयोगीहरुलाई कुनै खतरा महसशु नगरिएको बताएको छ । ।