Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सडक र खानेपानी विभागका कारण अन्डरग्राउन्ड केबल बिच्छ्याउन सकिएन– कुलमान घिसिङ


0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केबल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि जानकारी दिनुभयो ।

घिसिङले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावीसमेत गर्नुभयो ।

घिसिङले करिव ९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पु¥याउन सघाउ पु¥याएको स्मरण गराउनुभयो ।

प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूबाट बार्षिक ७० अर्ब आयआर्जन गर्ने जानकारी पनि दिनुभयो ।