७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


अछाम काँग्रेसको पालिकामा कहाँ को सभापति भए ?


0
Shares

अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाममा गाउँपालिका र नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन नगरपालिका र कमल बजार नगरपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ ।

बाँकी तीन वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेशन भएको छ । तुर्माखाँद गाउँपालिका, साँफेवगर नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा निर्वाचन प्रणालिबाट अधिवेशन सम्पन्न भएको कांग्रेस अछामले जनाएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा कर्ण बहादुर ठकुल्ला गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । मेल्लेख गाउँपालिकामा खकेन्द्र बहादुर साउँद, रामारोशन गाउँपालिकामा मान बहादुर साउँद, कमलबजार नगरपालिकामा पदम बहादुर भण्डारी, ढकारी गाउँपालिकामा धन बहादुर बुढा, चौरपाटी गाउँपालिकामा धर्म बहादुर साउँद, मंगलसेन नगरपालिकामा झपट बहादुर रावल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै तुर्माखाँद गाउँपालिकामा कविराम बयक, साँफेवगर नगरपालिकामा लाल बहादुर कुँवर नेत्र र पञ्चदेवल विनायक नगरपालिकामा सर्जन बहादुर शाही विजय हुनुभएको छ ।