चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् ।
भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ ।
आज सकिएको मतगणनाबाट ६४९ मत ल्याएर अधिकारी भरतपुर महानगरको सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिनुभएका भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९ मत अर्जुनप्रसाद रिजालले २६ मत र वचन कार्कीले ७५ मत पाउनुभएको थियो ।
काँग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठका अनुसार चितवनको ७ वटा पालिकाहरुमा नयाँ निर्वाचित समिति आएको छ ।
भरतपुर महानगरपालिकामा अधिकारी, रत्ननगर नगरपालिकामा प्रलाद सापकोटा, खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, कालिका नगरपालिकामा दिपेश्वर केसी,माडी नगरपालिकामा कोमलनाथ भुषाल, राप्ती नगरपालिकामा देवेन्द्र लामा र ईच्छाकामना गाउपालिकामा कृतिकुमार श्रेष्ठ विजयी हुनभएको हो ।
प्रतिक्रिया दिनुहोस्