दराजको दशैं धमाका सुरु « Image Khabar


दराजको दशैं धमाका सुरु


Border circle
Imagekhabar

काठमाडौं, असोज १० । चाडपवको मुखमा उपभोक्ताहरुको ध्यान खिच्न व्यवसायीहरुले विभिन्न आकर्षक उपहार र छूट योजना सार्वजनिक गरेका छन् ।

नेपालको अग्रणी अनलाइन बजार दाबी गरिएको दराजले ग्राहकलाई छुट सुविधा दिने उद्देश्यले दशै धमाका सुरु गरेको छ ।

आजबाट सुरु यस योजनामा ग्राहकले १० लाख बढी उत्पादनमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ ।

योजनामा ग्राहकहरुले प्रि पेमेन्टमा अधिकतम २५ हजारसम्मको छुट, ५ हजार रुपैयाँको भौचर, ५० हजार रकम मूल्यको उत्पादन र बम्पर उपहारका रुपमा टिभिएस एनटर्क १ सय २५ सिसि स्कुटर जित्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै ग्राहकले दशै धमाकामा लोकप्रिय खेल १ रुपैयाँको माध्यमबाट २ रात ३ दिनको पोखरा भ्रमण प्याकेज उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्