५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


मोन्टेनेग्रोको संसदमा भाँडभैलो, माइक तोडफोड, हिंसात्मक गतिविधि


0
Shares

पोड्गोरिका, पुस १२ । मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ ।

संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

धार्मिक स्वतन्त्रतासम्बन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए ।

नयाँ कानुनमा समावेश गरिएको चर्चसम्बन्धी विषयलाई लिएर मोन्टेनेग्रोका सरकार पक्ष र विपक्षकाबीचमा विवाद रहेको छ ।

संसदमा बिहीबार विवाद भएकोमा राति अबेरसम्म पनि त्यो साम्य भएको थिएन ।

विपक्षी दल डेमोक्र्याटिक फ्रन्टका सांसदहरुले विवादास्पद कानुन पारित नगर्न दबाब दिएका थिए ।

विधेयकमा विपक्षीहरुले संशोधन प्रस्ताव दर्तासमेत अस्वीकृत भएपछि उनीहरुले संसदको बैठककक्षमै माइक तोडफोड गर्ने, अरु पार्टीका नेताहरुलाई भौतिक आक्रमण गर्नेलगायतका हिंसात्मक गतिविधि गरेका थिए ।

नियन्त्रणमा लिइएका विपक्षी नेताहरु मिलान क्नेजेभिक, अन्द्रीजा मान्डीकलाई शुक्रबार बिहान भने छाडिदिएको छ । रासस/एएफपी