२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


कांग्रेस सरकार विरुद्ध आन्दोलनमा उत्रिनु पराजयको हतास मानसिकताः कमल थापा


0
Shares

बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठन भएको ६ महिना नवित्दै नेपाली कांग्रेसले सरकार विरुद्ध सडक अन्दोलनमा उत्रिनु पराजयको हतास मानसिकता भएको टिप्पणी गरेका छन् ।

विराटनगरमा बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीको १ नं प्रदेश कार्यालयको उद्घाटन गर्दे उनले काग्रेस जारी राखेको सडक र संदन आन्दोलनबाट मुलुकले निकास पाउन नसक्ने दाबी समेत गरेका छन् ।

उनले वर्तमान सरकार अहिले परिक्षण कालमा रहेकाले  जिम्मेवार पार्टीले यति चाडै संदन र सडक अबरुद्ध पारी सरकालाई सहयोग गर्न नहुने तर्क राखे ।

अध्यक्ष थापाले बर्तमान सरकारमा कता कता एक दलिय सर्बसत्तावाद हावी हुने खतरा भने रहेको औल्याएका छन् ।

उनले सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारको काम कार्वाहीको आलोचन समेत गरेका छन् ।

उनले थापाले प्रस्तावित प्रधानन्यायधीशका विषयमा सरकारले तत्काल निर्णय गर्नुपर्ने बताएका छन् ।