१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


ईपिएल क्रिकेटमा : चितवन र विराटनगरको खेल जारी


0
Shares

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अहिले विराटनगर वारियर्स र चितवन टाइगर्स भिरिहेका छन् ।

यो खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले पहिले व्याटिङ गरिरहेको छ । दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छन् । विराटनगर करण केसीको कप्तानीमा रहेको छ भने चितवनको कप्तानी सोमपाल कामीले गर्दैछन् ।

आजको दोस्रो खेलमा दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज भिड्नेछन् । ५० लाख रुपैयाँ पुरस्कार राशीको इपिएलको चौंथो संस्करणको उपाधिका लागि ६ फ्रेन्चाइज टिमबीच भिडन्त भइरहेको छ । हिजो सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स–११ ले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराएको छ ।