राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा « Image Khabar


राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा


Border circle
Imagekhabar

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ अबुधावीमा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ३३ रनले पराजित दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

टस हारेर पहिले ब्याटिङमा तानिएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ५४ रन जोडेको थियो । दिल्लीका लागि श्रेयर एय्यरले ४३ रन जोडे । कप्तान रिशव पन्तले २४ रन, सिमरोन हेटमेयरले २८ रन र ललित यादवले नटआउट १४ रन जोडे ।

बलिङमा राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले २–२ विकेट लिए ।

१५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेटको क्षतिमा १ सय २१ रन मात्र जोड्न सक्यो । राजस्थानका लागि कप्तान सन्जु सामसनले नटआउट ७० रन जोडे । उनले ५३ बलमा ८ चौका र १ छक्का प्रहार गरे । महिपाल लोमरोरले १९ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा दिल्लीका एनरिच नोकियाले २ विकेट लिए भने आभेस खान, रविचन्द्रन आस्विन, कागिसो राबाडा र अक्षर पटेलले एक एक विकेट लिए ।

शीर्ष स्थानमा उक्लिएको दिल्लीले १० खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानको चेन्नइको ९ खेलबाट १४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्