६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


प्रदेश १ र बागमती सरकार केही दिनमा फेरिन्छ– अध्यक्ष नेपाल

‘एमालेले व्यक्तिवाद, गुटवाद र दलाल पुँजीवाद अपनाएकाले सरकारबाट हटाएका हौं’

13
Shares

काहेटौंडा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केही दिनमा प्रदेश नं १ र बागमती प्रदेश सरकार फेरिने बताउनुभएको छ ।

शनिबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईवटा प्रदेश सरकार परिवर्तन हुने बताउनुभयो ।

अध्यक्ष नेपालले एमालेले व्यक्तिवाद, गुटवाद तथा दलाल पुँजीवादको बाटो अपनाएकाले सत्ताबाट हटाउनुपरेको बताउनुभयो । आफ्नो पार्टी भ्रष्टाचार नियन्त्रण र जनताको सेवामा समर्पित हुनुका साथै जनभावना अनुसार चल्ने उहाँको प्रतिवद्धता छ ।

आफूहरू इमान्दार सिपाहीको रूपमा जनतासम्म जोडिन चाहने र विदेशीको प्रभावमा नपरी स्वतन्त्रतापूर्वक काम गर्ने अभियानमा जुटेको उहाँको भनाइ छ ।