४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


‘जिमखाना फाइट नाइट’: विजेतालाई ५० हजार


0
Shares

काठमाडौं, पुस ११ । शनिबार राजधानीमा आयोजना हुने दोस्रो ‘जिमखाना फाइट नाइट’को तयारी पूरा भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजक जिमखाना मुवाँथाईले पत्रकार सम्मेलन गरी बक्सिङ र मुवाँथाईका स्टार खेलाडीहरुलाई समेटेर व्यावसायिक प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।

बक्सिङतर्फ चार फाइट र मुवाँथाइतर्फ चार फाइट गरी आठ फाइटको प्रतिस्पर्धा गराइने भएको छ ।

प्रत्येक फाइटको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन् ।

पाँच राउन्डमा हुने उक्त प्रतिस्पर्धाको हरेक राउन्ड तीन मिनेटको हुने बताइएको छ ।