२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


विज्ञ भन्छन्, ‘जलविद्युतकाे विकासबाट मात्र देशको आर्थिक विकास हुन्छ’


65
Shares

काठमाडौं । जलविद्युतको विकासबाट मात्र मुलुकको आर्थिक विकास हुनेमा जलस्रोतविद्हरूले बताएका छन् ।

संखुवासभा–काठमाडौ पत्रकार समाजले काठमाडौंमा गरेको ‘हाइड्रोपावरको सम्भावना र चुनौती’ विषयक कार्यक्रममा उनीहरूले जलस्रोतको उचित प्रयोगबाट मात्र मुलुको विकास सम्भव हुने बताएका हुन् ।

पूर्व उर्जासचिव दिनेश घिमिरेले देशका अन्य जिल्ला भन्दा संखुवासभामा हाइड्रोपावरको प्रशस्त सम्भावना भएको भन्दै जनताको विद्युत कार्ययोजना अनुसार लगानी गर्ने वातवरण हुनु पर्नेमा जोडदिनुभयो ।

उर्जाविद् डेडराज खड्का, शैलेन्द्र गुराँगाई, अर्जुन गौतमलगायतले माथिल्लो अरुणजस्ता आयोजना जनताको लगानीमा बन्नुपर्नेमा जोड दिनुभयो ।

अरुण तेस्रो निमार्णाधीन अवस्थामा रहेको र तल्लो अरुण, माथिल्लो अरुणजस्ता आयोजनाको विश्व बैंकबाट सर्भे भइसकेकाले जनताको लगानिमा बन्नुपर्नेमा सहभागीहरूको जोड थियो ।