काठमाडौं, पुस ११ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकाले ‘एमसीसी’मार्फत् नेपाललाई दिन लागेको सहयोग ‘इन्डो प्यासिफिक’ रणनीतिअन्तर्गत् भनिसकेकाले उनीहरुले नै थप प्रस्ट्याउनु पर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले कुनैपनि हालतमा एमसीसी संसदबाट पारित हुन नहुने जिकिर गरे ।
यसले नेपालको सार्वभौमसत्तामाथि नै प्रहार गर्ने रावलको दाबी छ ।
उनले सहयोग लिँदा वा दिँदा नेपालको स्वतन्त्र अस्तित्व र स्वाभिमानलाई कुल्चिन नपाइनेसमेत बताए ।









प्रतिक्रिया दिनुहोस्