एजेन्सी । अफगानिस्तानमा यसअघिको तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने भएको छ ।
तालिबानको प्रमुख कानून कार्यान्वयनकर्ता समेत रहेका नेता मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फाँसी तथा अंगभङ्ग जस्ता कानून कायम रहन सक्ने बताएका हुन् ।
यद्यपी सार्वजनिक स्थानमा भने यस्तो सजाय नदिइनसक्ने उनको भनाइ छ । अफगानिस्तानको नयाँ शासनमा कुनै किसिमको हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई उनले चेतावनी समेत दिएको अन्तराष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अहिले विश्व समुदायले त्यहा लागु हुने कानुनका बारेमा नियालिरहेका छन् । टुराबीले यसपटकको तालिबानको शासनमा केही परिवर्तन भने हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्