Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


काँग्रेस केन्द्रीय समिति बैठक आज, असन्तुष्ट पक्ष सहमतिमा नआए बैठक नरोक्ने संस्थापनको चेतावनी


0
Shares

काठमाडौं, पुस ११ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास भने अझै सफल हुन सकेको छैन ।

आन्तरिक विवाद समाधान गर्ने पटक पटकको प्रयास सफल भएसँगै संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ । सहमतिका लागि केन्द्रीय समिति बैठक स्थगित गर्दै आएको संस्थापन पक्ष अब भने असन्तुष्ट पक्षलाई नकुर्ने रणनीतिमा पुगेको बताइएको छ ।

सहमतिका लागि हिजो साँझ उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल बिना निष्कर्ष सकिएको थियो ।

सहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै देउवा पक्षका नेताले केन्द्रीय कार्यसमिति बैठक अघि बढाउन दवाव दिएका छन् भने, आफ्ना माग पूरा नभए बैठकमा सहभागी नहुने असन्तुष्ट पक्षका अडान कायमै छ । 

Skip This