७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्छ : माधव नेपाल


0
Shares

काठमाडौं, असोज ७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । पार्टी निकट युवा संघ नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने स्पष्ट गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताउनुभयो । उहाँले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन कार्यकर्तालाई आव्हान गर्नुभयो । अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरुले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।