सत्तारूढ गठबन्धनको बैठक बिना निष्कर्ष सकियो « Image Khabar


सत्तारूढ गठबन्धनको बैठक बिना निष्कर्ष सकियो


Border circle
Imagekhabar

काठमाडौं, असोज ६ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे कुनै सहमति जुटाउन नसकेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेता सहभागी थिए । बैठकमा संसदमा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।

बैठकमा छिटो मन्त्रिपरिषदको पूर्णता दिनुपर्छ भन्ने कुरा भए पनि सहमति केही नभएको बताइएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा दलहरुबीच सहमति नहुँदा मन्त्रीपरिषद विषय नटुंगिएको हो । अध्यादेशले जसपा र एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुने कुरामा समस्या भए माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष दाहालसँग प्रस्ताव गर्नुभएको थियो । तर आजको बैठकले जसपा र एकीकृत समाजवादीलाई समेटेर मात्र थप मन्त्री नियुक्त गरिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्