८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


आईपीएल क्रिकेट : दिल्ली र सनराइजर्स भिड्दै


0
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सको सामना गर्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने हैदरावाद र दिल्लीबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुनेछ । खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् ।

दिल्ली खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ । जित निकाले दिल्ली अघिल्लो चरण प्रवेशका लागि सहज हुनेछ । दिल्ली ८ खेलबाट १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको चेन्नइको पनि १२ अंक छ । यता हैदरावाद पनि जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना टिकाइ राख्ने योजनामा छ ।

७ खेल खेलेको हैदरावाद २ अंक जोडेर तालिकाको पुछारमा छ । आजको खेलमा पनि हैदरावाद पराजित भएमा अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बन्नेछ ।