१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


वंशलाल तामाङको सिन्धु कांग्रेसको सभापतिमा दाबी, परीवर्तीत नेतृत्वका लागी उम्मेदवारी


0
Shares

सिन्धुपालचोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेस जिल्ला सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।
मंगलवार इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको हो ।

उम्मेदवारी घोषणा गदै तामाङले कांग्रेसलाई सशक्त र परीवर्तीत स्वरुपमा अघि बढाउनुु आफ्नो लक्ष्य रहेको बताउनु भयो । साँगठनकि रुपमा कांग्रेसलाई बलियो बनाउन जिल्ला सभापतिको लागी दावेदारी प्रस्तुत गरेकोे उहाँको भनाइ थियो ।जिल्लाको कांग्रेस बलीयो बनाउन वडा तहदेखी नै कांग्रेसमा सक्षम नेतृत्व आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहनुभएका तामाङले आफूलाई जिल्लाका नेता तथा स्थानकार्यकर्ताको साथ रहेको बताउनु भएको छ । “सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरुको सल्लाह पनि छ,’ तामाङले भन्नुभयो ‘पार्टीभित्रकै साथीहरुको चाहना र इच्छा बमोजिम नेतृत्वका लागि तयार छु ।”

सिन्धुपाल्चोक कांग्रेस नेतृत्व तहमा पूर्वसचिवसमेत रहनुभएका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघी जिल्ला तहमा रहेर काम गरेको अनुभव र पार्टीका नेता कार्यर्ताको साथ रहेकाले जिल्लामा आफुले बलीयो उम्मेदवार रहेको पनि उहाँले दावी गर्नुभएको छ ।

कांग्रेसलाई एक ढिक्का बनाएर लैजानककोे लागी पनि कुसल नेतृत्व आवश्यक रहेको र त्यसको लागी आफ्नो नेतृत्व जिल्लाको लागी आवश्यक रहेको तामाङको दाबी छ । “कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनु जिल्लामा कांग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गरी परीवर्तीत स्वरुपमा कांग्रेसलाई अघि बढाउनको लागी सभापतिको उम्मेद्वार हुन लागेको हुँ,’ उहाँले भन्नुुभयो ।