५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


पदक वितरणबारे बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै ओलीको असन्तुष्टि


0
Shares

काठमाडौं, असोज ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुलको आज सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको टिप्पणी गर्नुभयो । न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि नबोल्ने उहाँको भनाइ थियो ।

आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको टिप्पणी गर्नुभयो । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उहाँको आरोप छ । अध्यक्ष ओलीले सरकारलाई ग्रहणको संज्ञा दिदैँ त्यतातर्फ नहेर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गर्नुभयो । उहाँले भण्डारीले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।