२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


कर नतिर्ने झण्डै दुई सय व्यावसायिक फार्मलाई कारबाही


0
Shares

कञ्चनपुर । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले लामो समयदेखि कर नतिर्ने झण्डै दुई सय व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

व्यवसाय दर्ता गरेदेखि हालसम्म सम्पर्कमा नरहेका र विभिन्न कर नतिरेका दुई सय फार्मलाई कारवाही  गरेको हो ।

विभिन्न खाले कर नतिर्ने व्यावसायीक फार्मलाई कारवाही गरी राजश्व संकलन गरिएको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए ।

कतिपय भारतीय नागरिकले नेपाली नागरिकको प्यान नम्बर प्रयोग गरी व्यवसाय संचालन गर्दै आएकोमा भन्सार कार्यालयसँग सहकार्य गरी त्यस्ता व्यवसायिक फार्मलाई समेत कारबाही गरिएको छ ।

कर नतिर्ने व्यवसायिक फार्मको कारोवार रोक्का गर्नुका साथै रजिष्ट्रशन तथा कार्यालयको शेयर र खातासमेत बन्द गरिएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरअन्तर्गत प्रदेश नम्बर सातका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला रहेका छन ।