काठमाडौं, असोज ५ । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा उहाँको साहित्यिक योगदान माथि चर्चा गरियो ।
भैरव पुरस्कार गुठीले आयोजना गरेकोे कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उहाँका रचनाहरू कालजयी भएको बताए ।
नेपाली साहित्य बाहेक पत्रकारिकताको क्षेत्रमा पनि उहाँको देन अमूल्य रहेको वक्ताहरूको भनाइ थियो । अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकार जन्मिएको भन्दै उनीहरूले राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गरे ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू वदरी अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पार्नुभयाे ।
सोही अवसरमा भैरव स्मृति भवनमा निर्मित सभाकक्ष (हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल, आख्यानकार रमेश विकलमा समर्पित) तथा अत्याधुनिक पुस्तकालयको वागमती प्रदेशका सभासद् छिरिङ दोर्जे लामाले उद्घाटन गर्नुभयाे ।
अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्