प्रकाश मैनाली
सर्लाही । जिल्लाको धान बालीलाई विभिन्न रोगले सताउन थालेपछि किसान चिन्तित भएका छन् ।
उत्पादन दिने बेला भएको धानमा बेरुवा, गोवारो तथा रातो तथा सेते रोग लागेपछि किसानको चिन्ता बढेको छ । रोगका कारण उत्पादन घट्ने र लगानीसमेत डुब्ने पिरलले उनीहरूलाई तनाव दिएको छ ।
लगातार पानी जमिरहेकाले गोवारो, रातो तथा सेते रोग लगोको सर्लाही हरिपुरका कृषि शाखा प्रमुख अम्बिका मैनालीले बताउनुभयो । धान लगाएको बेलादेखि नै खेतमा नसुकेकाले यस्तो रोग लागेको प्राविधिकरूको भनाइ छ ।
राम्रो उत्पादनका लागि एकपटक खेत सुक्नुपर्ने भए पनि यसवर्ष सुक्न नपाएकाले समस्या भएको प्रमुख मैनाली बताउनुहुन्छ । उहाँले किसानलाई विषादी छर्न सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्