Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


भ्रातृ संगठनलाई चाडै पूर्णता दिन्छौं, गम्भीर छलफल भइरहेको छ: बरिष्ठ नेता पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले भ्रातृ संगठनलाई चाडै पूर्णता दिने आश्वासन दिएका छन् ।

आज(बुधबार) आफ्नै निवास बोहोराटारमा नेपाल विद्यार्थीसंघका प्रतिनिधिसँगको भेटमा पौडेलले भ्रातृ संगठनलगायतका विवाद सामधान गर्नको लागि पार्टीभित्र गम्भीर छलफल भइरहेको बताए ।

उनले केही दिन भित्र सबैलाई सम्मानजनक स्थान हुने गरी विवाद मिलाइने बताए । उनले नेविसंघलाई पूर्णता दिनको लागि नेताहरुबीच छलफल भइ रहेको जानकारी पनि दिए ।  

पार्टी भित्र नेविसंघको विवादलाई लिएर किचलो भई रहेको बेला नेविसंघका प्रतिनिधिहरुले विवाद समाधान गर्नको लागि पौडेललाई भेटेका हुन् ।

नेविसंघले भने पार्टीले निर्णय लिन ढिलाई गरेका कारण नेविसंघको विवाद बढ्दै गएको भन्दै चाडै समस्या सामधान गर्न पौडेललाई आग्रह गरेको थियो ।