ललितपुर । ललितपुर महानगरपालिका वडा १६ को आयोजनामा वडाब्यापी गायक तथा नृत्य कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ । येँयाः पर्वको अवसर पारी ललितपुर महानगरपालिकावडा १६ ले पुनःनिर्माण गरेको नागबहाल स्थित गगन बाटिका उद्घाटन तथा कलाकार समितिकापदाधिकारीहरुको परिचय गराउन आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
१६ वडा कलाकार समितिले संचालन गर्ने यस प्रतिस्पर्धामा सहभागी हुन वडाका गायक तथा नृत्य कलाकारहरुले आफ्नो गायन तथा नृत्यको भिडियो तयार गरी कलाकार समितिको इमेल [email protected] मा अथवा वडामै बुझाउन सकिने आयोजकले ब्यवस्था गरेको छ ।
यस प्रतिस्पर्धामा प्रथम हुनेहरुलाई २५/२५ हजार, दोश्रो हुनेहरुलाई १५/१५ हजार, तेश्रो हुनेहरुलाई १०/१० हजार नगद पुरस्कारसहित अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ भने टपभ्यूज प्राप्त कलाकारलाई पनि पुरस्कृत गरिनेछ । टप १० प्रतिस्पर्धीका लागि कला यात्रा अझ सशक्त होस् भनी ट्रेनिङ प्याकेजको पनि ब्यवस्था गरिएको छ ।
प्रतिस्पर्धाको समापन तथा पुरस्कार वितरण ने.सं.११४२ नव बर्षको अवसरमा हुने सांस्कृतिक कार्यक्रममा गरिनेछ । यसै कार्यक्रममा अग्रज कलाकारको सम्मान तथा यसै वडाका लोकप्रिय कलाकारहरुको प्रस्तुति समेत रहनेछ । आयोजित सांस्कृतिक कार्यक्रममा लोकप्रिय कलाकारहरु भूपेन्द्र बज्राचार्य, नील शाक्य, सुरजवीर बज्राचार्य, सुलिन्द्र शाक्य, निर्मलरत्नशाक्य, अमर चित्रकार, अमोघवीर बज्राचार्य, भूषण बज्राचार्य, जितेन शाक्य, रेजिनाबज्राचार्य, पद्म शाक्य, नदिम शाक्य तथा रेण्डर ब्याण्डले गीत प्रस्तुत गरेका थिए ।
अनुपशाक्य र सलोना बज्राचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा इम्पल्सबाट निसिला शाक्य, दियाशाक्य, अर्चा बज्राचार्य, निभाः बज्राचार्य, हितेषा शाक्य र निष्ठा बज्राचार्य तथा प्रलिसाशाक्य, प्रतीक, समृद्धि, कृष्णा, प्रजीन, सोनिया, संयुक्ता शर्मा, साइरा महर्जनले पनि नृत्य प्रस्तुत गरेका थिए ।
गगन बाटिकाको उद्घाटन समारोहमा बोल्नु हुँदै प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्मार्ट सिटीनिर्माणको अभियानमा नागबहाल टोलमा पुनःनिर्मित गगन बाटिका उदाहरणीय रहेको उल्लेख गर्नुभयो । यस कार्यक्रममा १६ वडा अध्यक्ष निर्मलरत्न शाक्यले स्वागत मन्तब्य राख्नु हुँदै यसपुनःनिर्माणले आफू निकै हौसिएको र १६ वडाको सांस्कृतिक महत्वको न्याखाचुकर इलांननिको पुनःनिर्माण पनि चाँडै सम्पन्न हुने जानकारी दिनुभयो ।
कला क्षेत्रलाई उत्साहित गर्न कलाकार समिति बनाएको र यसबाट कला क्षेत्रमा टेवा पुग्ने विभिन्न कार्यक्रमको आयोजना हुने बताउनुभयो । कार्यक्रममा पुनःनिर्माण कार्यका संयोजक एवं नागबहालटोल सुधार समितिका अध्यक्ष रविन्द्र शाक्यले यस कार्यक्रममा योगदान रहेका ब्यक्तिहरुकाबारे जानकारी गराउनु भयो भने १६ वडा कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले वडाकोयोजना अनुरुप आफ्नो समितिले आयोजना गर्ने विभिन्न कार्यक्रमका बारे जानकारीगराउनुका साथै कला क्षेत्रमा स्थानीय तह, सरकारको साथका लागि ध्यानाकर्षण गराउनु भयो।
प्रतिक्रिया दिनुहोस्