अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा कार्यालय स्थापना गरेको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य डा. विजय पौडेल, युवा नेता राजु गुरुङ लगायतको सहभागितामा जिल्लास्थित पार्टी कार्यालय उद्घाटन गरिएको एकीकृत समाजवादी अर्घाखाँचीले जनाएको छ ।
पार्टी कार्यालय स्थापनासँगै अब संगठन विस्तारलाई तीव्रता दिने जिल्ला अध्यक्ष रामबहादुर चौहानले बताउनुभयो । असोज मसान्तभित्र जिल्लाका ६ वटा स्थानीय तहमा संगठन विस्तार गरिसक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्