प्रकाश मैनाली
सर्लाही । सर्लाहीमा पछिल्लो समय राजनितिक सहगर्मी बढेको छ । सर्लाहीमा क्रीयाशिल राजनितिक दलले अहिले वडादेखि नगर गाँउ भेला गरी रहेका छन् । दैनिक जस्तो भेला तथा समिति गठनले गर्दा यहाँका राजनितिक दलका नेता कार्यकर्तालाई भ्याई नभ्याई भैरहेको देखिन्छ ।
दिनँहु जस्तो नेपाली काग्रेस, नेकपा(एमाले), नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र लगायतका दलले आ—आफ्नो राजनितिक समिति गठन गरिरहेका छन् ।
क्रियाशील सदस्यताको नामावली प्रकाशन नभएकाले काँग्रेसले अहिले अनौपचारिक रुपमा वडा भेला गरिरहेको छ । पछि निर्वाचन अधिकृत आएपछि त्यसलाई औपचारिकता दिने र विवाद भएको ठाँउमा स्थानीय स्तरबाटै मिलाउने प्रयास भैरहेको नेपाली काँग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताउनुभयो ।
स्थानीय स्तरबाट विवाद मिलाउन नसकेको ठाँउहरुमा केन्द्रले निर्वाचन अधिकृत पठाएपछि थप उपाय अपनाएर समाधान तर्फ जाने रायको भनाई छ । अहिले सम्म वडाको मात्र मिलाउने प्रयास भैरहेको छ भने क्षेत्र, जिल्ला तथा महाधिवेशन, महासमितिको समेत चर्चा परिचर्चा चलिरहेको देखिन्छ । अहिले काँग्रेसको नेता तथा कायकर्ता आ—आफनो वडामै देखा परिरहेका छन् ।
चियापसल देखि विभिन्न नेता कायकर्ताको घरमा दिनँहु जस्तो भेला भैरहेको छ । पार्टी कार्यालय भन्दा पनि नेता कार्यकर्ताकै घरमा रमाउने काँग्रेसको पुरानै रोग यस वर्ष पनि देखापरेको छ । नँया पुस्ताले यसरी घरमा भन्दा पनि पार्टी कार्यालयकै पार्टीको काम हुनुपर्ने बताउँछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अहिले कार्यकर्ता भेला तथा वडा भेला गरिरहेका छन् । एमालेले पार्टी छाडेर आएका नेताको स्थानमा नँयालाई जिम्मा दिने गरी वडा भेला गरि रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले बताउनुभयो ।
पार्टीलाइ क्रियाशील बनाउन रिक्त रहेको स्थानमा नँयालाई जिम्मेवारी प्रदान गरिरहेको र पार्टीमा काम गर्न चाहनेलाई स्वागत गरिरहेको बताउनुभयो । यसरि दिनँहु जस्तो भेला तथा पुर्नगठन भएकाले पार्टीका नेता कार्यकर्ता समेत व्यस्त देअिएका छन् ।
सर्लाहीको ३ नं. क्षेत्रबाट संगठन निर्माणमा जुटेको एमालेले अब सबै क्षेत्रमा क्रमशः पुन गठन गर्दै जाने साहको भनाई छ । यसरी भेला गर्दा आप्mनो पार्टिमा को को रहेको एकिन हुनुको साथँै आम नेता कार्यकर्तामा जागरण समेत आउने नेकपा एमालेका नेता गोबिन्द महत बताउनुहुन्छ । अहिले प्रशिक्षणको रुपमा कार्यकर्ता भेला संचालन भैरहेको र यसले आम नेता कार्यकर्तामा थप उर्जा आउने नेता महतले बताउनुभयो ।
केहि दिन अघि मात्र एमालेबाट फुटेर बनेको एकिकृत समाजवादी पार्टी समेत संगठन विस्तारमा लागेको छ । अहिले सर्लाही जिल्ला कार्य समितिले नेतृत्व नपाएपनि नगर तथा गाँउ भेला भने धमाधम गठन भैरहेको छ ।
गत भाद्र २७ गते जिल्ला भेला गरेर नगर तथा गाँउ कार्यसमिति गठन गर्न अनुमति दिएकाले त्यसैलाई आधार बनाएर अहिले नगर तथा गाँउ कार्यसमिति वा संयोजक तोकिएको र नवगठित कार्य समितिले वडा भेला गर्दै जाने समाजवादीका नेता भरत कुमार कार्कीले बताउनुभयो । अलिहे सम्म जिल्ला भेलापछि तल्लो तहको कमिटि गठन गर्न पार्टीको सबै तहका नेता कार्यकर्ता लागि परेको प्रदेश साँसद बेची लुङ्गेलीले जानकारी दिनुभयो ।
पछिल्लो समय नेकपा माओवादी केन्द्र पनि आफ्नो संगठन निर्माणमा जुटेको छ । माओवादीले वडादेखि नगर सम्मको भेला तथा कमिटि गठन गरि रहेको छ । अहिले जिल्लाको २० वटै स्थानीय तहमा भेला संचालन भैरहेको माओवादीका कार्यवाहक जिल्ला अध्यक्ष कमल बुढाथोकिले बताउनुभयो ।
अहिले वडा भेला संचालन भैरहेको र सर्लाहीमा कुल दुई सय वडा मध्ये करिब आधा वडामा भेला सम्पन्न भैसकेको र अरुमा पनि भेला धमाधम भैरहेको बुढाथोकिले बताउनुभयो ।
यसरी संगठन निर्माणमा सबै तह लाग्दा सर्लाहीमा राजनितिक माहोल तातिएको छ । माओवादी सर्लाहीको सबै वडा भेला सकेर गाँउ तथा नगर भेला सकेर प्रदेश भेलाको तयारीमा छ ।
यसरी भेला तथा संगठन विस्तारमा लागेकाले माओवादीका नेता तथा कार्यकर्ता समेत अहिले स्थानीय तहमै आएर काम गरिरहेका छन् । यसरी नेता तथा कार्यकर्ता सबै तल्लो तहको संगठन निर्माणमा लाग्दा पार्टीका पुराना नेतामा भने खुशी छाएको छ ।
प्रतिक्रिया दिनुहोस्